Logo

बुधवार, भाद्र १ गते २०७९

images

देउवा र मोदीले शिलान्यास गरेको ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’, सम्बन्ध थप मजबुत

देउवा र मोदीले शिलान्यास गरेको ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’, सम्बन्ध थप मजबुत

नेपालपाना जेठ ३ २०७९
  • 3.1K
    SHARES
  • देउवा र मोदीले शिलान्यास गरेको ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’, सम्बन्ध थप मजबुत

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार लुम्बिनीमा ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’को संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

    सेन्टरको निर्माणपछि दुई देशबीचको सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ । 

    लुम्बिनीमा यसअघि प्राय चीनको दबदबा तथा चीनअनुकूल संरचना निर्माण हुँदै आएकोमा यसपालि भारतले पनि नेपालसँग मिलेर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर स्थापना गरेको हो । यसले लुम्बिनीमा चिनियाँ एकलौटीलाई सन्तुलन त गर्ने नै छ, साथै नेपाल भारत सम्बन्धलाई सांस्कृतिकरुपमा थप उचाइँमा पुर्याउने छ । 

    देउवा र मोदीले मायादेवी मन्दिरमा एकसाथ प्रार्थना गरेर उनीहरुले सेन्टरको शिलान्यास गरेका थिए । सेन्टर स्थापनाका लागि जग्गा उपलब्ध गराएको प्रधानमन्त्री मोदीले देउवालाई धन्यवाद दिएका थिए । 

    ‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु,’ मोदीले ट्वीटरमा लेखेका छन्, ‘बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरुमाझ हुन पाउँदा खुशी लागेको छ ।’

    जेठ ३, २०७९ मंगलवार १५:१२:०३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend