Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

डिल्लीबजारमा 'सिर्जनाले पछि पारिन् बालेनलाई'

डिल्लीबजारमा 'सिर्जनाले पछि पारिन् बालेनलाई'

नेपालपाना जेठ ३ २०७९
  • 59.9K
    SHARES
  • डिल्लीबजारमा 'सिर्जनाले पछि पारिन् बालेनलाई'

    काठमाडौं। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँको डिल्लीबजार क्षेत्रको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई पछि पारेकी छन्। काठमाडौँ महानगरपालिका २९ मा पर्ने डिल्लीबजारको मत गणनाको सुरुवाती मतपरिणाममा उनले शाहलाई १ मतले पछि पारेकी हुन्। 


    डिल्लीबजारका विजय मेमोरियल र पद्मकन्या मतदान स्थलमा खसेका मतपत्रहरुको गणना भइरहेको छ। 

    पहिलो १०० मतको गणना हुँदा सिर्जनाले ३३ मत पाएकी छन्। स्वतन्त्र उम्मेदवार शाहले ३२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० मत प्राप्त गरेका छन्। 

    मतपरिणामअनुसार यहाँ महानगर उपप्रमुखकी एमाले उम्मेदवार सुनिता डंगोलले २१, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ र स्वतन्त्रतर्फ लौरो चुनाव चिन्ह भएका उम्मेदवारले ४ मत प्राप्त गरेका छन्।

    राप्रपाका महानगर प्रमुखका उम्मेदवार मदनदास श्रेष्ठले १ मत पाउँदा उपप्रमुख उम्मेदवारले ११ मत पाएकी छन्।

    जेठ ३, २०७९ मंगलवार १८:२०:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्थानीय चुनाव

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend