Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

 एमालेबीच संसदभित्रै समन्वय भएन: प्रतिनिधि सभामा अवरोध हट्यो, राष्ट्रिय सभामा कायमै 

 एमालेबीच संसदभित्रै समन्वय भएन: प्रतिनिधि सभामा अवरोध हट्यो, राष्ट्रिय सभामा कायमै 

नेपालपाना जेठ ३ २०७९
  • 2.3K
    SHARES
  •  एमालेबीच संसदभित्रै समन्वय भएन: प्रतिनिधि सभामा अवरोध हट्यो, राष्ट्रिय सभामा कायमै 

    काठमाडौं। लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबारदेखि शुरु भएको सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा एमालेले कुनै अवरोध गरेन र अब नगर्ने ठहर गरेको छ ।

    बैठकको शुरुमै एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो सङ्कट उत्पन्न भएकाले संसद् अवरोध खोल्ने निर्णय भएको जानकारी गराए । उनले आफ्नो पार्टीका असन्तुष्टिहरु कायम रहेको उल्लेख गरे । 

    देशको अर्थतन्त्रमा उत्पन्न सङ्कटबारे गम्भीर छलफल गर्न संसद् चल्नु आवश्यक रहेको स्पष्ट पारे । अदालतले कारबाही नगरे पनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढङ्गले फैसला गरेको उनको भनाइ छ । 

    “दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउनु र उद्देश्य पूरा भएपछि फिर्ता लिनु, त्यसमा सभामुख, अदालत जस्ता संवैधानिक निकाय सहयोगी जस्तो बन्नु गलत हो”, उनले भने । 

    प्रतिनिधि सभा संचालन भए पनि एमालेले राष्ट्रिय सभाको अवरोध भने कायमै राखेको छ । मंगलबार बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदहरुले आसन ग्रहण नगरी बैठकमा विरोध जनाएपछि मौनधारणा लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए । 


    सांसद दाहालले अघिल्लो अधिवेशन देखिनै आफूहरुले उठाउँदै आएको माग पूरा नभएको भन्दै यस अधिवेशनमा पनि आफूहरुको विरोध जारी नै रहेको सदनमा जानकारी गराएका थिए । 

    उनले सरकारले सदन सञ्चालनमा रुची नदेखाएको आरोप लगाउँदै विगतमा एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाहीको सूचना प्रकाशित गर्नुपर्ने माग कायमै हुँदा सदनको अवरोध जारी नै रहेको जानकारी गराएका थिए ।

    जेठ ३, २०७९ मंगलवार १८:२६:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # संसद बैठक

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend