Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

अमेरिकी उपमन्त्री जिया शुक्रबार नेपाल आउँदै 

अमेरिकी उपमन्त्री जिया शुक्रबार नेपाल आउँदै 

नेपालपाना जेठ ३ २०७९
  • 7.2K
    SHARES
  • अमेरिकी उपमन्त्री जिया शुक्रबार नेपाल आउँदै 

    काठमाडौं। अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया आगामी शुक्रबार नेपाल भ्रमणमा आउने भएकी छन् । 

    अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उनको नेपाल भ्रमण पुष्टि गरेको हो ।

    परराष्ट्र मन्त्रालयले आधिकारिक रुपमा जानकारी नदिए पनि उप मन्त्री जियाले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायत उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।

    उपमन्त्री जिया मे २० देखि २२ अर्थात् जेठ ६ देखि ८ गतेसम्म नेपालको औपचारिक भ्रमण रहने छन् ।

    उप मन्त्री जियाको यो भ्रमण पछिल्लो एक दशमा हुन लागेको अमेरिकी अधिकारीहरुको उच्च भ्रमण हो । उपमन्त्री जियासँगै भ्रमणको प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    अमेरिकी विदेशमन्त्रालयका अनुसार उपमन्त्री जिया नेतृत्वको टोली भारत भ्रमणका लागि निस्किसकेको छ । टोलीले मे १७ अर्थात् आजदेखि मे २० सम्म भारतको भ्रमण गर्नेछ । त्यसपछि उक्त टोली नेपाल आउन लागेको हो ।

    जेठ ३, २०७९ मंगलवार १८:२९:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # अमेरिकी दुतावास

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend