Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

भरतपुर महानगरमा रेनुलाई शुभ संकेत

भरतपुर महानगरमा रेनुलाई शुभ संकेत

नेपालपाना जेठ ३ २०७९
  • 6.9K
    SHARES
  • भरतपुर महानगरमा रेनुलाई शुभ संकेत

    काठमाडौं। भरतपुर महानगरमा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाउन थालेकी छिन् । 

    पछिल्लो समय २१ हजार ८ सय ६० मत गणना सम्पन्न भैसक्दा रेनुले वडा नम्बर ५ को गणना सम्पन्न हुँदासम्म ३७३ मतको अग्रता लिएकी छिन् ।


    रेनुले ७ हजार ४ सय ७१ मत ल्याउँदा सुवेदीले ७ हजार ९८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ३ हजार ६ सय ३ मत ल्याएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ८ सय ६९ मत प्राप्त गरेकी छिन् । वडा नम्बर ५ को गणना सम्पन्न भएको छ । यस वडामा नेपाली कांग्रेसका उम्मेद्धवार विजय भएका छन् । उनले २०७२ मत प्राप्त गरे । एमालेका उम्मेद्धवारले भने १९५१ मत ल्याएका छन् ।

    जेठ ३, २०७९ मंगलवार २१:३४:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्थानीय चुनाव

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend