काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको १ हजार ४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताएका छन्।
बिहीवार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९ ०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफुले अघिल्लो सरकारले बजेट कार्यान्वय गरिरहेको बताए।
मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको दाबी गर्दै त्यो बेला टेन्डर भएका सडकलाई भने आफूले नरोकेको पनि बताए।
अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको मन्त्री शर्माले बताए।