काठमाडौं। परराष्ट्रमन्त्री डा नारायण खड्का जेठ तेश्रो साता स्वीडेन भ्रमणमा जाने भएका छन्।
संयुक्त राष्ट्रसंघीय महासभा, स्वीडेन र केन्या सरकारले संयुक्त रुपमा स्टकहोममा आयोजना गर्न लागेको ‘स्टकहोम प्लस ५०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का त्यहाँ जाने भएका हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खड्काको स्वीडेन भ्रमण अनुमोदन गरेको छ।
‘स्टकहोम प्लस ५० सम्मेलनमा परराष्ट्रमन्त्रीज्यूको नेतृत्वमा एक प्रतिनिधिमण्डल जाँदैछ’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भनिन्।
सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेर बहादुर देउवालाई निमन्त्रणा आएको थियो। तर मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री खड्को नेतृत्वमा टोली स्वीडेन पठाउने निर्णय गरेको हो।