Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

भरतपुर महानगरमा ३३ हजार ६०७ मत गन्न बाँकी, ८०५९ मतले रेणुको अग्रता

भरतपुर महानगरमा ३३ हजार ६०७ मत गन्न बाँकी, ८०५९ मतले रेणुको अग्रता

नेपालपाना जेठ ८ २०७९
  • 2.0K
    SHARES
  • भरतपुर महानगरमा ३३ हजार ६०७ मत गन्न बाँकी, ८०५९ मतले रेणुको अग्रता

    चितवन। भरतपुर महानगरपालिकामा अब ३३ हजार ६०७ मत गन्न बाँकी छ । भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म ९४ हजार २३२ मत गनेर सकिएको छ । भरतपुरका २९ वडामध्ये १९ वडाको मत गनेर सकिएको हाे । 

    गठबन्धनबाट मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले हालसम्म ३७ हजार २७ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत मात्रै प्राप्त गरेका छन् । दाहाल सुवेदीभन्दा आठ हजार ५९ मतले अगाडि छन् । 

    मेयरमा कांग्रेसबाट बागी उमेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार २३३ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २२ हजार ९११ मत मात्रै प्राप्त गरेकी छन् । अहिले भरतपुर–२० र २१ नम्बरको मत गणना भइरहेको छ । 

    जेठ ८, २०७९ आइतवार १४:३७:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेणु दाहाल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend