काठमाडौं । २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा जित हासिल पारेको छ ।
वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेसले जीत हात पारिसकेको छ ।
एमालेले १, ५, ६, ८, १५ र २९ नम्बर वडामा जितेको छ ।
अहिले काँग्रेसले जितेका ७, १३, १४, १६, २४, ४५, २६, २८ र ३० मा यसअघि एमालेले जितेको थियो । अहिले एमालेले जितेको वडा नम्बर ६ मा यसअघि काँग्रेसले जितेको थियो ।
पोखरामा ३३ वडा छन् । अहिले गणना भइरहेका अधिकांश वडामा काँग्रेसकै अग्रता छ । ०७४ को चुनावमा पोखराको मेयर र उपमेयर सहित दुई तिहाइ अर्थात् २२ वडा एमालेले जितेको थियो भने ११ वडा काँग्रेसले जितेको थियो ।
अहिले मेयरमा एमाले पछाडि छ भने उप मेयरमा अग्रता लिएको छ ।