काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव यसपालि निर्वाचनमा व्यक्तिगत रुपमा नराम्रोसँग पराजित भएका छन् ।
उनको सत्ता लोभ र पदलोलुपताका कारण पार्टी निकै कमजोर बनेको छ । मधेसीको जनताको अधिकारका लागि भन्दै नाम भजाएर जुनसुकैको सरकारमा पनि मन्त्री बन्न कुदिहाल्ने, कहिल्यै विपक्षीमा नबस्ने उपेन्द्रलाई यसपालि जनताले राम्रोसँग सबक सिकाएका छन् ।
त्यसमाथि जातिवाद र परिवादमा रमाउने उपेन्द्रका छोरा अमरेन्द्र यादवलाई पनि हराइदिएर जनताले राजनीति कसैको पेवा होइन भन्ने सन्देश दिएका छन् । उनले सरकारमा जाँदा पनि यादवहरुलाई मात्रै च्याप्ने गरेका छन् ।
यसपालिका समक्ष काबिल पार्टीका नेता कार्यकर्ता पन्छाएर आफ्नै छोरालाई विराटनगरको उपमेयर उम्मेदवार बनाएर परिवारवाद लादेका थिए ।
जसलाई जनताले अस्वीकार गरेका छन् । त्यसमाथि उनको निर्वाचन क्षेत्र सप्तरीमा पनि जसपाले चौतर्फी हार ब्यहोरेको छ । धेरै पालिका गुमाएको छ ।
आफ्नै कार्यशैलीले व्यक्तिगत र पार्टीगत रुपमा असफलता ब्यहोरेका उपेन्द्रले जिल्ला लिएर नेतृत्वबाट राजीनामा दिनुपर्ने गठबन्धनले धोका दिएको भनेर आफ्नो असफलता छोप्ने प्रयासमा लागेका छन् । त्यतिमात्रै होइन प्रतिगामी भनेर जसविरुद्ध आन्दोलन गरेका थिए, तिनैकै शरणमा यादव लुसुक्क पुगेका छन् ।
उपेन्द्रले भक्तपुरको बालकोटमा नेकपा एमालेका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री खड्कप्रसाद ओलीसँग सुटुक्क भेट गरेका हुन् । स्रोतका अनुसार यादव र ओलीबीच आगामी निर्वाचनमा मिलेर जाने विषयमा कुराकानी भएको बुझिएको छ । उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उप–मेयरमा उम्मेदवार बनाएका थिए ।
अमरेन्द्रको लज्जास्पद हार भएको छ । अध्यक्ष यादवले नेपाली कांग्रेसले गठबन्धनमा धोका दिएको निष्कर्ष निकालेका छन् । कांग्रेसले धोका दिएको ठहर गरेका यादवले एमालेका अध्यक्ष ओलीसँग भेटेर ५ दलीय गठबन्धनबाट बाहिरिने संकेत गरेको चर्चा छ ।
हार्ने सम्भावना देखेपछि सुनसरी छाडेर सप्तरी आएका अध्यक्ष यादव पर्सातिर चुनाव लड्न जाने तयारी गरेको चर्चा जसपामा छ ।