Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

आईकाओले नेपाली आकाश सुरक्षित भनिसक्यो ईयूले प्रतिबन्धको सूचीबाट हटाइयोस् – मन्त्री आले 

आईकाओले नेपाली आकाश सुरक्षित भनिसक्यो ईयूले प्रतिबन्धको सूचीबाट हटाइयोस् – मन्त्री आले 

नेपालपाना जेठ १२ २०७९
  • 2.3K
    SHARES
  • आईकाओले नेपाली आकाश सुरक्षित भनिसक्यो ईयूले प्रतिबन्धको सूचीबाट हटाइयोस् – मन्त्री आले 

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको छ । 

    मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको सेफ्टी लिष्ट (प्रतिबन्ध)बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिए । 

    उक्त भेटवार्ताका क्रममा मन्त्री आलेले राजदूत डिप्रेजलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओले नेपालको उडान सुरक्षाका आठ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यको परीक्षणमा परिपालना दर प्रारम्भिक नतिजाअनुसार ७०।१ प्रतिशत रहेको र यो दर विश्वका अन्य देशका तुलनामा औसतभन्दा बढी भएकाले नेपाली आकास सुरक्षित रहेको बताए ।

    जेठ १२, २०७९ बिहिवार २०:२५:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रेम आले

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend