Logo

बुधवार, भाद्र १ गते २०७९

images

कांग्रेसले जितेको चन्द्रनगरको क्रान्तिकारी निर्णय : डिप्लोमा सकेर २० वर्षपछि विहे गर्ने चेलीलाई ५० हजार पुरस्कार

कांग्रेसले जितेको चन्द्रनगरको क्रान्तिकारी निर्णय : डिप्लोमा सकेर २० वर्षपछि विहे गर्ने चेलीलाई ५० हजार पुरस्कार

नेपाल पाना जेठ १३ २०७९
  • 8.4K
    SHARES
  • कांग्रेसले जितेको चन्द्रनगरको क्रान्तिकारी निर्णय : डिप्लोमा सकेर २० वर्षपछि विहे गर्ने चेलीलाई ५० हजार पुरस्कार

    सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बाल विवाहविरुद्ध क्रान्तिकारी निर्णय गरेको छ ।

    हालै सम्पन्न स्थानीय निर्वाचनबाट गाउँपालिका अध्यक्ष बनेका नेपाली कांग्रेसका युवा नेता राजकुमार महतोले कक्षा १२ अर्थात डिप्लोमा पास गरेर २० वर्षपछि विहे गर्ने नगरभरिका छोरी चेलीलाई ५० हजार नगदले पुरस्कृत तथा सम्मान गर्ने क्रान्तिकारी निर्णय गरेका छन् ।

    अशिक्षा र गरिबीले कायम रहेको बाल विवाहलाई निरुत्साहित गर्न गाउँपालिका अध्यक्ष महतोले पदभार ग्रहण गर्दै चन्द्रनगरमा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० वर्षपछि विवाह गरेमा सम्मान स्वरुप ५० हजार सहयोग गर्ने पहिलो निर्णय गरेका हुन् ।

    चन्द्रनगर गाउँपालिकामा बर्सेनि ५० प्रतिशतभन्दा बढी हुने बालबिवाह, २० प्रतिशतभन्दा बढी कम उमेरमा गर्ने भागी बिवाहलाई निरुत्साहित गरि छोरीलाई बोझभन्दा अवसरको रुपमा ग्रहण गरि शिक्षाको मूलधारमा ल्याई आफ्नो खुट्टामा आफै उभिन उक्त निर्णय गरेको अध्यक्ष महतोले बताए ।

    अध्यक्ष महतोले पदभार गर्दै गरेको पहिलो निर्णयले बालविवाह, भागी विवाह, लैङ्गिक हिंसा, घरेलु हिंसाको अन्त्य गर्न महत्त्वपूर्ण भुमिका खेल्ने र गरिब, दलित सहित सबै परिवारका छोरीलाई शिक्षाको मुलधारमा ल्याई उच्च शिक्षा तिर डोर्‍याउनेमा प्रभाव पार्ने स्थानीय पचु माझी मुसहरले विश्वास व्यक्त गरे ।

    जेठ १३, २०७९ शुक्रवार १७:३५:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चन्द्रनगर
  • # राज कुमार महतो

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend