काठमाडौं। सरकारले चालू आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। संसदमा अर्थमन्त्री जनार्दन शर्माले चालू आवको देशको आर्थिक सर्वेक्षण पेस गर्दै चालू आवमा उक्त दरमा आर्थिक वृद्धि हुने अनुमान गरेका हुन्।
गत आवमा यस्तो आर्थिक वृद्धिदर ४।२५ प्रतिशत रहेको थियो। चालू आवमा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्यअभिवृद्धि क्रमशः २।३ प्रतिशत, ८।१ प्रतिशत र ६।६ प्रतिशतले वृद्धि हुने अनुमान छ।
आव २०७८/०७९ मा मूल्यअभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३।९, १४।३ र ६१।८ प्रतिशत रहेको छ।