Logo

बुधवार, भाद्र १ गते २०७९

images

अब ४१ लाखमा एमबिबिएस पढ्न पाइने

अब ४१ लाखमा एमबिबिएस पढ्न पाइने

नेपालपाना जेठ १७ २०७९
  • 4.8K
    SHARES
  • अब ४१ लाखमा एमबिबिएस पढ्न पाइने

    काठमाडौं। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८÷७९ का लागि चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएसतर्फ काठमाडौँ उपत्यकाभित्रको शुल्क ४१ लाख ६८ हजार रुपैयाँ तोकेको छ।

    मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३ दशमलव ६ प्रतिशतले वृद्धि गर्दै एमबिबिएसका लागि ४१ लाख रुपैयाँ लाग्ने जनाएको हो । यसअघि एमबिबिएसको शुल्क ४० लाख रुपैयाँ थियो । यस्तै बिडिएस पढ्न अब २० लाख रुपैयाँ लाग्ने भएको छ ।

    उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार रुपैयाँ तोकिएको छ । त्यस्तैब बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २८४ पुगेको हो ।

    बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकामा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

    जेठ १७, २०७९ मंगलवार २१:०१:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend