सर्लाही । नेकपा माओवादी केन्द्र सर्लाहीका प्रभावशाली नेता चन्दबहादुर विक नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
माओवादीनिकट दलित संघ सर्लाहीका उपसभापतिसमेत रहेका विक शुक्रबार कांग्रेस प्रवेश गरेका हुन् ।
सर्लाहीको बरहथवा नगरपालिका ४ निवासी विकलाई शुक्रबार एक समारोहका बीच कांग्रेस मधेस प्रदेश उपसभापति तथा प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले टीका, खाँदा लगाएर पार्टी प्रवेश गराए ।
समारोहमा कांग्रेस सर्लाहीका जिल्ला उपसभापति डा. सरोजकुमार यादवले माओवादी त्यागेर आएका विकलाई पार्टी सदस्यता प्रदान गरेका थिए ।