Logo

बुधवार, आश्विन १९ गते २०७९

असार ९ देखि ५ देखि ११ वर्षका बालबालिकालाई खोप

असार ९ देखि ५ देखि ११ वर्षका बालबालिकालाई खोप

नेपालपाना जेठ २० २०७९
  • 8.4K
    SHARES
  • असार ९ देखि ५ देखि ११ वर्षका बालबालिकालाई खोप

    काठमाडौं।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने जानकारी गराएका छन्। 

    आज भिडियोमार्फत उनले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिए । 

    पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने छ। 

    यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । अनुसन्धानअनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि उनले अनुरोध गर्नुभएको छ। 

    उनले खोप खरिद प्रक्रिया सुरु गरिए पनि कोभ्याक्समार्फत निःशुल्क ल्याउन थालिएको बताए । “खोप खरिद प्रक्रियामा रहेको थियो। यसको मूल्य रु छ अर्बभन्दा माथि रहेको थियो । तर मन्त्रालयले निरन्तर प्रयासमार्फत कोम्यभास सुविधामार्फत निःशुल्क ल्याउन लागेको हो”, उनले भने। 

    जेठ २०, २०७९ शुक्रवार १९:२३:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काेराेना खाेप

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend