Logo

बुधवार, भाद्र १ गते २०७९

images

भारत र पाकिस्तानबीच भयो सिन्धु जल सम्झौता

भारत र पाकिस्तानबीच भयो सिन्धु जल सम्झौता

नेपालपाना जेठ २२ २०७९
  • 3.9K
    SHARES
  • भारत र पाकिस्तानबीच भयो सिन्धु जल सम्झौता

    काठमाडौं। सिन्धु नदीको पानीसम्बन्धी भारत र पाकिस्तानबीच सम्झौतामा हस्ताक्षर भएको छ । सिन्धु नदीबारे वार्ता गर्न भारत पुगेको पाकिस्तानी टोली र भारतीय पक्षबीच यसबारे सम्झौता भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

    सम्झौता स्थायी सिन्धु आयोगको ११८ औं बैठकमा तय गरिएको जनाइएको छ । भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई पक्षबीच मैत्रिपूर्ण एवम् सौहाद्र्रपूर्ण वातावरणमा वार्ता भएको उल्लेख गरेको छ ।

    वार्तामा भारतीय पक्षको नेतृत्व भारतीय सिन्धु जल आयुक्त एके पाल र पाकिस्तानी पक्षको नेतृत्व पाकिस्तानी जल आयुक्त सइद मुहम्मद मेहर अली शाहले गरेको जनाइएको छ ।

    जेठ २२, २०७९ आइतवार १८:२५:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान
  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend