Logo

बुधवार, भाद्र १ गते २०७९

images

युक्रेनमा आक्रमण जारी राखेको रूससँग इन्धन किन्ने तयारीमा श्रीलंका

युक्रेनमा आक्रमण जारी राखेको रूससँग इन्धन किन्ने तयारीमा श्रीलंका

नेपालपाना जेठ २९ २०७९
  • 4.9K
    SHARES
  • युक्रेनमा आक्रमण जारी राखेको रूससँग इन्धन किन्ने तयारीमा श्रीलंका

    काठमाडौं। श्रीलंकाले रुससँग इन्धन खरिद गर्न आफू तयार हुनसक्ने बताएको छ। एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा चरम आर्थिक संकट सामना गरिरहेको श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने प्रयत्न भए पनि रूसी तेल खरिद गर्न खुला रहेको बताएका छन्। 

    युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिङ्घेले रूसी तेल किन्न आफू खुला रहेको बताएका हुन्।

    बाह्य ऋण बढिरहेको भए पनि उनले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताएका छन्। 

    आफ्नै कारणले आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताउँदै आफ्नो देशले आगामी दुई वर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्ने सम्भावित परिस्थितिप्रति चिन्ता व्यक्त गरे। 

    विदेशी मुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलङ्कालाई आर्थिक सङ्कटबाट पार लगाउन राष्ट्रपति गोटावाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गरेका विक्रमसिङ्घे अर्थमन्त्री पनि हुन्। 

    जेठ २९, २०७९ आइतवार २०:००:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend