Logo

बुधवार, भाद्र १ गते २०७९

images

मेलिना र मोहितवंशको ‘भटक भटक’ गीतमा नाजिर र आश्माको रोमान्स

मेलिना र मोहितवंशको ‘भटक भटक’ गीतमा नाजिर र आश्माको रोमान्स

नेपाल पाना आषाढ ९ २०७९
  • 3.5K
    SHARES
  • मेलिना र मोहितवंशको ‘भटक भटक’ गीतमा नाजिर र आश्माको रोमान्स

    काठमाडौं । हास्य अभिनेता हरिवंश आचार्यका सुपुत्र मोहितवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ। ‘भटक भटक’ बोलको उक्त गीतमा गायिका मेलिना राइले उनलाई साथ दिएकी छन्।

    डान्सिङ फ्लेबरमा रहेको यस ‘लभ सङ’मा अभिनेता नाजिर हुसेन र मोडल आश्मा विश्वकर्माले एकसाथ कम्मर मर्काएका छन्। आश्माको कामुक नृत्यले भरिएको गीतलाई सरोज ओलीले लेखेका हुन्।

    ओलीकाअनुसार यो यसअघिको उनको चर्चित गीत ‘ए है माया’ कै दोश्रो संस्करण हो। कोभिड महामारीले थिलथिलो बनेको गीतसंगीत उद्योगमा गायकसमेत रहेका ओलीले कोरोना सचेतनासँग जोडेर ‘ए है माया’ बोलको गीत लिएर आएका थिए। जसलाई युटुयुबमा तीन करोडभन्दा बढीपल्ट हेरिएको छ।

    ‘भटक भटक’मा पनि दीपक शर्माले नै संगीत भरेका छन्। श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन्। भुपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर रहेको गीतको म्युजिक भिडियोलाई विक्रम स्वारले निर्देशन गरेका छन्।

    ‘ए है मायाजस्तै रोमान्टिक छ भटक भटक। दर्शकले पक्कै रुचाउनुहुनेछ,’गीतकार ओली विश्वस्त छन्। गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको हो।

    आषाढ ९, २०७९ बिहिवार १८:०३:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनोरञ्जन

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend