Logo

बुधवार, भाद्र १ गते २०७९

images

उपेन्द्र यादवका मन्त्रीले नसकेको काममा गृहमन्त्री खाणले लिए पहलकदमी, देशभरका किसान हर्षित

उपेन्द्र यादवका मन्त्रीले नसकेको काममा गृहमन्त्री खाणले लिए पहलकदमी, देशभरका किसान हर्षित

नेपाल पाना आषाढ २० २०७९
  • 7.2K
    SHARES
  • उपेन्द्र यादवका मन्त्रीले नसकेको काममा गृहमन्त्री खाणले लिए पहलकदमी, देशभरका किसान हर्षित

    काठमाडौँ । उपेन्द्र यादवको जसपा पार्टीबाट कृषि मन्त्री थिए महिन्द्रराय यादव । किसानलाई समयमै मल उपलब्ध गराउनु उनको ड्युटी थियो । तर रोपाईको सिजन सकिन लाग्दासमेत उपेन्द्रका मन्त्रीले किसानलाई मल उपलब्ध गराउन सकेका छैन ।

    मन्त्री बनेपछि कामभन्दा पनि शक्ति प्रदर्शन, दिन कटाउनमा लाग्दा समयमै मल आपूर्ति हुन सकेन । जसका कारण किसान मारमा परेका छन् । जब रात पर्यो तब बुढी ताति भनेजस्तै जब रोपाइ गर्ने बेला आयो तबमात्रै मल ल्याउन सुरसार गरे ।

    जतिबेला ढिला भइसकेको थियो । किसानहरु मल नै लुट्ने अवस्था आयो । किसानलाई मल दिन उपेन्द्रका मन्त्री असफल भएपछि गृहमन्त्री बालकृष्ण खाणले आफै अग्रसरता लिएका छन् ।

    Balkrishna Khand - Naveen Shreevastav.jpeg

    सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग गृह मन्त्रालयमा भएको भेटमा मन्त्री खाणले यो विषय उठनएका हुन् ।

    भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । राजदूत श्रीवास्तवले आफूले पहलकदमी लिने प्रतिबद्धता जनाएका थिए ।

    दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने बारेमा कुराकानी भएको भेटमा गृहमन्त्री खाणले श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

    आषाढ २०, २०७९ सोमवार ११:५३:४९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend