मंगलवार, चैत्र ६ गते २०८०

  • राजनीति
  • राजेन्द्र श्रेष्ठलाई फिर्ता नबोलाएपछि जसपामा असन्तुष्टि,...

राजेन्द्र श्रेष्ठलाई फिर्ता नबोलाएपछि जसपामा असन्तुष्टि, रेणु यादवको अर्कै तयारी

राजेन्द्र श्रेष्ठलाई फिर्ता नबोलाएपछि जसपामा असन्तुष्टि, रेणु यादवको अर्कै तयारी

नेपाल पाना
मंगलवार, आषाढ २१ २०७९
नेपाल पाना
मंगलवार, आषाढ २१ २०७९
  • काठमाडौं । जनता समाजवादी पार्टीले राजेन्द्र श्रेष्ठलाई मन्त्रीबाट फिर्ता नबोलाएपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

    महिन्द्र राय यादव, रामसहाय यादव र रेणु यादवलाई फिर्ता बोलाउँदा श्रेष्ठलाई यथावत नै राखेपछि पार्टीभित्र असन्तुष्टि बढेको हो ।

    अध्यक्ष यादवले एक जनालाई थाती राखेर अरुलाई फिर्ता बोलाउँदा कारवाही गरेजस्तो सन्देश गएको एक नेताले बताए । यसले स्यवं फिर्ता बोलाइएका मन्त्रीसमेत असन्तुष्ट बनेका छन् ।

    साथै पार्टीभित्र पनि एक जनालाई बोक्ने र अरुलाई सौतेनी व्यवहार गर्ने भन्दै अध्यक्ष यादवप्रति आक्रोश बढेको छ । यता आफूलाई कारवाहीको शैलीमा फिर्ता बोलाइएको भन्दै रेणु यादवले विद्रोहको तयारी गरेकी छन् ।

    उनले उपेन्द्रलाई छोड्ने मनस्थितिका साथ आफ्ना निकटस्थसँग छलफल थालेकी छन् । एक निकट नेताकाअनुसार अर्का अध्यक्ष बाबुराम भट्टराईसँग जाने वा कसरी अलग हुनेबारे परामर्शमा छिन् ।

    लोकप्रीय
    सम्बन्धित खबर

    © 2024 All right reserved to nepalpana.com  | Site By : SobizTrend