Logo

बुधवार, आश्विन १९ गते २०७९

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

नेपाल पाना श्रावण २३ २०७९
  • 2.0K
    SHARES
  • आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक १२औँ अधिवेशनको ४५औँ बैठक हो ।

    बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

    यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची रहेको छ ।

    श्रावण २३, २०७९ सोमवार ०८:०४:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend