Logo

बुधवार, आश्विन १९ गते २०७९

केपी ओलीसमक्ष अमरेश सिंहको हारगुहार, काँग्रेसलाई कमजोर बनाउन दिनदिनै भेटवार्ता

केपी ओलीसमक्ष अमरेश सिंहको हारगुहार, काँग्रेसलाई कमजोर बनाउन दिनदिनै भेटवार्ता

नेपाल पाना श्रावण २५ २०७९
  • 4.1K
    SHARES
  • केपी ओलीसमक्ष अमरेश सिंहको हारगुहार, काँग्रेसलाई कमजोर बनाउन दिनदिनै भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह प्रतिपक्षी नेकपा एमालेको शरणमा पुगेका छन् ।

    मंसिर चारका लागि निर्वाचन घोषणा भइसकेपछि फेरि सांसद बन्न लालायित भएका सिंह आफ्नो क्षेत्रमा उत्पन्न भएको प्रतिकूल वातावरणका बीच हारगुहार माग्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको दैलोमा पुगेका हुन् ।

    पार्टीभित्र गुटबन्दी गर्न नपाएपछि अन्तर्घात गरेर विध्वंश मच्चाउन खोज्दा अहिले चुनाव आउँदै गर्दा आफैलाई प्रत्युत्पादक भएपछि अमरेश प्रतिपक्षीको शरणमा पुगेका छन् ।

    उनी आफ्नो पार्टी कमजोर बनाउने, विपक्षीहरुलाई बलियो बनाउने र आफू बलियो बन्ने रणनीतिअनुसार अरु दलका नेता चहार्दै हिँडेका छन् ।

    केही दिन अघि अमरेशले आफू राजनीतिक व्यक्ति भएको र ओली तथा प्रचण्ड जोसुकैलाई पनि भेटिरहेको तर राज्यले गुप्चर खटाएर सुराकी गरेको आरोप लगाएका थिए । यसबाट उनी आफैले अरु दलका नेताहरु भेटिरहेको स्वीकारेका थिए ।

    बालकोट स्रोतकाअनुसार आफ्नै क्षेत्रमा हार्ने देखिएपछि एमालेको सहयोग जुटाउन अमरेश पटक पटक हारगुहार माग्दै केपी ओली भेट्न पुगेका छन् । एमालेको भोट दिएर मलाई जिताइदिनुस्, प्रदेशमा म एमालेलाई सघाउँछु भन्ने प्रस्ताव अमरेशबाट बालकोट स्रोतले बतायो ।

    सर्लाही ४ का सांसद बनेका अमरेशले यसपालि जित्ने सम्भावना भने कम छ । किनकि कार्यकर्ता पंक्ति नै उनसँग असन्तुष्ट छ । त्यसैले उनले एमालेको सहारा लिन खोजेका छन् ।

    तर कांग्रेसको नेतृत्व उनका अन्तर्घाती गतिविधिले असन्तुष्ट रहेकाले उनले टिकट पाउन पार्टीभित्र प्रतिकूल अवस्था छ ।

    श्रावण २५, २०७९ बुधवार ११:०१:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमरेश कुमार सिंह

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend