Logo

बुधवार, आश्विन १९ गते २०७९

चिनियाँ दबाबमा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको खुलासा, महाभियोग लगाउने तयारी

चिनियाँ दबाबमा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको खुलासा, महाभियोग लगाउने तयारी

नेपालपाना श्रावण ३० २०७९
  • 70.3K
    SHARES
  • चिनियाँ दबाबमा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको खुलासा, महाभियोग लगाउने तयारी

    काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग प्रस्ताव ल्याउने भएको छ । 

    संविधानअनुसार नागरिकताबाट वञ्चित १५ लाख नागरिकलाई नागरिकता दिन संविधान बनेको सात वर्षपछि ढिलै भए पनि विवादित विषय छाडेर सरकारले लामो प्रयत्न गरेर ल्याएको नागरिकता विधेयकलाई राष्ट्रपतिले अस्वीकार गरेपछि सरकारले महाभियोगको विकल्पमा छलफल सुरु गरेको हो । 

    सरकारका एक मन्त्रीकाअनुसार चिनियाँ स्वार्थमा लामो मेहनतपछि आएको विधेयकलाई राष्ट्रपतिले रोकेको सूचना पाएपछि प्रधानमन्त्रीसहित मन्त्रीहरु, सत्तारुढ नेता प्रचण्ड, माधव नेपाललगायत असन्तुष्ट छन् । प्रचण्डले यसअघि नै राष्ट्रपतिलाई राम्रो नहुने चेतावनी दिएका छन् । 

    सरकारी उच्च स्रोतकाअनुसार राष्ट्रपति भण्डारीले आफ्नो पूरानो दल एमाले, एमालेनिकट वकिल, नागरिक समाज, पछिल्लो समय एमालेनिकट देखिएको र एमालेले बोकेको चीनको चाहनाअनुसार राष्ट्रपतिले नागरिकता विधेयक रोकेकी छन् । यी सहित चिनियाँ राजदूत होउ यान्छीले नागरिकता विधेयक रोक्न राष्ट्रपतिलाई दबाब दिएकी थिइन् । 

    राष्ट्रपति एउटा पार्टी, समाजको एउटा खेमा र एउटा बाह्य देशको स्वार्थमा चलेको भन्दै सत्ता गठबन्धनका नेता असन्तुष्ट बनेका हुन् । गठबन्धन दल माओवादी केन्द्रले राष्ट्रपति भण्डारीले निहुँ खोजेको भन्दै महाभियोग लगाएर उपराष्ट्रपति नन्दबहादुर पुनलाई कार्यबाहक तोक्ने हिमाल, पहाड र तराईका जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने गरी आएको विधेयकलाई प्रमाणीकरण गर्न लगाउने प्रस्ताव गरिसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उही प्रकृतिको अध्यादेश ल्याउँदा एक छिनमा जारी गर्ने र अहिले सरकारले लामो प्रयत्नपछि ल्याएको विधेयक लत्याउने भन्दै नेताहरुको आक्रोश छ ।

    यसबारेमा प्रधानमन्त्री विचार विमर्शमै रहेको एक मन्त्रीले नेपालपानालाई बताए । राष्ट्रपतिले सीमा नाघेको भन्दै उनले सरकारले यसको जवाफ दिने बताए । सहमतिको अधिकतम प्रयास गरिएको भन्दै उनले विधेयकमा तत्काल कुनै पुनर्विचार नहुने स्पष्ट पारे । चुनावपछि वैवाहिक अंगीकृतमा पनि सहमति जुटाएर पुनरावलोकन गरिने उनको भनाइ छ । 

    सत्ता गठबन्धनका नेताहरुले पनि राष्ट्रपतिको कदमको विरोध गरेका छन् । संविधानविद्हरुले पनि विधेयकमै नभएको कुरा परिमार्जन गर भनेर राष्ट्रपतिले भन्न नमिल्ने जिकिर गरेका छन् । राष्ट्रपतिले विधेयकमा उल्लेख नै नगरिएको वैवाहिक अंगीकृतको विषय उठाएपछि उनकै लागि प्रत्युत्पादक भएको छ ।

    श्रावण ३०, २०७९ सोमवार ०८:५७:५५ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend