Logo

बुधवार, आश्विन १९ गते २०७९

केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता

केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता

नेपालपाना श्रावण ३० २०७९
  • 2.1K
    SHARES
  • केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता

    काठमाडौं।  एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । 

    बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ । 

    सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन् । ‘हिजो सूर्य चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव लडेँ,’ त्रिपाठीले ओलीसँग भने, ‘अहिले मसँग पार्टी छ । अब दुई पार्टीबीच तालमेल गरेर अघि बढ्दा उचित होला । ’ 

    भेटमा एमाले र नेपाल समाजवादीबीच चुनावमा तालमेल गरेर अघि बढ्ने विषयमा छलफल भएको छ । 

     

    श्रावण ३०, २०७९ सोमवार १७:२८:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend