Logo

बुधवार, आश्विन १९ गते २०७९

भारतीय दूतावासले मनायो ७६औं स्वतन्त्रता दिवस

भारतीय दूतावासले मनायो ७६औं स्वतन्त्रता दिवस

नेपालपाना श्रावण ३० २०७९
  • 1.8K
    SHARES
  • भारतीय दूतावासले मनायो ७६औं स्वतन्त्रता दिवस

    काठमाडौं।  काठमाडौंस्थित भारतीय दूतावासले आज एक कार्यक्रमको आयोजना गरी भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ । 

    भारत बेलायतबाट सन् १९४७ अगष्ट १५ का दिन स्वतन्त्र भएको थियो । त्यसपछि सोही दिन अर्थात अगष्ट १५ लाई भारतले आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । 

    दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए । त्यसपछि उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाएका थिए । 

    सन्देशमा राष्ट्रपतिले भारतको स्वतन्त्रताको लागि स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गरेकी थिइन् । 

    श्रावण ३०, २०७९ सोमवार १७:३२:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारतीय दुतावास

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend