Logo

बुधवार, आश्विन १९ गते २०७९

माओवादी र समाजवादीसहित १२ दल एकल चुनाव चिन्हमा निर्वाचन लडने

माओवादी र समाजवादीसहित १२ दल एकल चुनाव चिन्हमा निर्वाचन लडने

नेपालपाना भाद्र १ २०७९
  • 2.2K
    SHARES
  • माओवादी र समाजवादीसहित १२ दल एकल चुनाव चिन्हमा निर्वाचन लडने

    काठमाडौं। संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एक चुनाव चिन्ह लिएर निर्वाचन लडने भएका छन ।

    निर्वाचन आयोगमा दल दर्ता गराएका १२ वटा राजनीतिक दलले संघीय संसद र प्रदेश संसदको निर्वाचनमा एकल चुनाव चिन्हमा निर्वाचन लडने भएका हुन । निर्वाचन ४ मंशिरमा हुदैँछ ।

    निर्वाचन आयोगका अनुुसार एकल चुनाव चिन्हमा निर्वाचन लडनेमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित १२ राजनीतिक दल रहेका छन ।

    यसैगरी, मिननाथ देवकोटा नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी राष्ट्रवादी, युवराज पौडेल सफल नेतृत्वको समाजवादी केन्द्र नेपाल र कृष्णगोपाल बञ्जरा नेतृत्वको आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । 

    उता, चरिराज गहतराज नेतृत्वको सामाजिक एकता पार्टी, राजु कार्की नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भएका छन । 

    पुर्व प्रहरी अधिकृत रमेश खरेल नेतृत्वको सुशाषन पार्टी, पुण्यप्रसाद प्रसाई नेतृत्वको सचेत नेपाली पार्टी, गंगालाल श्रेष्ठ नेतृत्वको नेपाल नौलो जनवाद पार्टी र रोमलाल गिरी नेतृत्वको नेपाल आमा पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले जानकारी दिएका छन ।

    भाद्र १, २०७९ बुधवार १०:४१:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निर्वाचन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend