Logo

बुधवार, आश्विन १९ गते २०७९

काठमाडौं उपत्यकामा एकैदिन ३१ सय ८७ सवारी चालकमाथि कारवाही

काठमाडौं उपत्यकामा एकैदिन ३१ सय ८७ सवारी चालकमाथि कारवाही

नेपालपाना भाद्र १ २०७९
  • 2.0K
    SHARES
  • काठमाडौं उपत्यकामा एकैदिन ३१ सय ८७ सवारी चालकमाथि कारवाही

    काठमाडौं।  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १८७ जना सवारी चालकलाई कारवाही गरेको छ । 

    ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९, लेन अनुशासन पालना नगर्ने १२८, रेड लाइटमा सवारी साधन चलाउने ११६, निषेधित क्षेत्रमा हर्न बजाउने १४६ र नम्वर प्लेट देखिने गरी नराख्ने २३ जना सवारी चालक रहेका छन् । 

    यस्तै, २ हजार ५९५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 

    भाद्र १, २०७९ बुधवार ११:१८:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्राफिक प्रहरी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend