Logo

शुक्रवार, मंसिर १६ गते २०७९

सर्लाही ४ बाट प्रतिनिधि सभाको चुनाव वीरेन्द्र सिंहले लड्ने, अमरेशको भयो निद्रा हराम!

सर्लाही ४ बाट प्रतिनिधि सभाको चुनाव वीरेन्द्र सिंहले लड्ने, अमरेशको भयो निद्रा हराम!

नेपाल पाना भाद्र ७ २०७९
  • 7.2K
    SHARES
  • सर्लाही ४ बाट प्रतिनिधि सभाको चुनाव वीरेन्द्र सिंहले लड्ने, अमरेशको भयो निद्रा हराम!

    काठमाडौै । मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री एवम् नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्र प्रसाद सिंहले गृह जिल्ला सर्लाहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने भएका छन् ।

    जनताको चाहना र कार्यकर्ता तथा पार्टी पंक्तिको चौतर्फी दबाबपछि सिंहले सर्लाही ४ मा चुनाव लड्ने निधो गरेका हुन् । प्रदेशमा पार्टी र सरकारमा रहेर उत्कृष्ट काम गरिरहेका मन्त्री सिंहको टिकट पनि पक्का भइसकेको छ ।

    स्थानीय तह निर्वाचनमा मधेस प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको भन्दै सभापति शेरबहादुर देउवासहित पार्टी नेतृत्व उनीप्रति सन्तुष्ट छ । जसका कारण उनले टिकट पाउने निश्चित नै छ ।

    जनता र कार्यकर्ताको भावनालाई कदर गर्दै पार्टी नेतृत्वलाई सन्तुष्ट बनाएर सिंहले सर्लाही ४ मा चुनाव लड्ने निर्णय गरेपछि वर्तमान सांसद अमरेश सिंह तनावमा परेका छन् । उनले आफ्नो क्षेत्रमा पार्टी नै तहस नहस बनाएपछि रुष्ट नेता कार्यकर्ताले उनीविरुद्ध बहिष्कार अभियान नै चलाएका छन् ।

    चुनाव जितेपछि क्षेत्रमा मुख पनि देखाउन नआएको र फेरि चुनाव आएपछि अहिले घर घर चहार्दै गरेको भन्दै अमरेशप्रति स्थानीय जनता पनि आक्रोशित छन् ।

    प्रदेशसभा सदस्यमा चुनाव जितेर मन्त्री बनेर पनि हप्ताको दुई दिन क्षेत्रमा बसेर जनताको गुनासो सुन्ने, क्षेत्रको विकाशको लागि प्रदेश र संघबाट बजेट लगेर काम गराई राख्ने, गरीब मजदुरको समस्यालाई प्राथमिकतामा राखेर राजनीति गर्ने भएकोले क्षेत्रका जनताले मन्त्री बीरेन्द्र सिंहलाई अब प्रतिनिधिसभा पठाउने मनस्थिति बनाएका छन् । यसमा काँग्रेसका जिल्ला, प्रदेश र केन्द्रीय नेताहरु पनि सिंहले माथि गएर अझ बढी काम गर्न सक्ने भन्दै समर्थनमा उत्रिएका छन् ।

    पहिल्यैदेखि एमालेको ईशारामा पार्टीलाई गाली गर्ने र पार्टीका नेताहरुविरुद्ध अनावसनाव बोल्ने अमरेश नागरिकता विधेयक पारित हुँदा दुबै पटक उपस्थित नभएपछि पार्टी नेतृत्व पनि झन् आक्रोशित भएका छन् । मन्त्री वीरेन्द्र सिंहले चुनाव लड्ने तयारी गरेपछि अमरेश तनावमा परेका छन् । उनी सुत्न पनि नसकेको स्थानीय नेताहरु बताउँछन् ।

    साथै क्षेत्रमा रहेका पूर्वनिर्धारित कार्यक्रमहरुमा नै पुगेका छन् । गएका ठाउँमा पनि कार्यकर्ता तथा जनताको न्यून उपस्थिति छ । क्षेत्रमा उनीप्रति वितृष्णा बढेको पछिल्ला घटनाहरुले नै देखाएको छ ।

    वीरेन्द्र सिंहको इन्ट्रीसँगै अमरेश तनावमा परेका छन् । उनी आफ्नै कार्यशैलीले क्षेत्र नम्बर चारबाट पलायन हुने स्थितिमा पुगेका छन् ।

    भाद्र ७, २०७९ मंगलवार ०८:३३:१७ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend