Logo

आइतवार, मंसिर १८ गते २०७९

अमरेशका 'लठ्ठैत' हरुलाई जिल्ला सभापति सिंहको कडा जवाफ, अन्तर्घातीहरुको हिसाब किताब गर्ने

अमरेशका 'लठ्ठैत' हरुलाई जिल्ला सभापति सिंहको कडा जवाफ, अन्तर्घातीहरुको हिसाब किताब गर्ने

नेपाल पाना भाद्र ११ २०७९
  • 7.7K
    SHARES
  • अमरेशका 'लठ्ठैत' हरुलाई जिल्ला सभापति सिंहको कडा जवाफ, अन्तर्घातीहरुको हिसाब किताब गर्ने

    सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले पार्टीका तर्फबाट अन्तर्घातीहरुको नेतृत्व गरिरहेका सांसद अमरेशकुमार सिंहको भण्डाफोर गरेका छन् ।

    आफूविरुद्ध दुष्प्रचार गरिरहेका अमरेशलाई चम्चाहरुलाई कडा जवाफसमेत दिएका छन् । अमरेशले स्थानीय तह निर्वाचनमा बागी र फरक दलका उम्मेदवारलाई सहयोग गरेर तीन पालिकामा कांग्रेसलाइ हराएका थिए । उनको असहयोगले बलरा, रामनगर र गोरैतामा कांग्रेस असफल भएको थियो ।

    उनले यी पालिकामा अन्तर्घात नगरेको भए सर्लाही कांग्रेसले सबैभन्दा धेरै पालिका जित्ने नेपालकै पहिलो जिल्ला हुन्थ्यो । ‘अमरेशजीले यसरी पार्टी हराउँदा केही भन्न नमिल्ने, मैले दिनरात गरेर १२ पालिका जिताउँदा पनि जिल्ला सभापतिले यस्तो गर्यो, उस्तो गर्यो, गलत हो भनेर विरोध गर्ने अनि अमरेशले कसैले केही भन्न नमिल्ने ?’ सिंहले प्रश्न गरे ।

    १५ पालिका जितेर नेपालमै पहिलो जिल्ला बन्ने अवसर अमरेशका कारण गुमाउनुपरेको र यसको विरोध गर्नुको आफ्नो आलोचना गरिरहेकोमा उनले आश्चर्य व्यक्त गरे । भ्रम नफैलाउन उनले अमरेशका कोटरीलाई चेतावनी दिए । जसले जिल्ला सभापतिको विरोध गर्दैछन् तीनलाई पार्टीको विधान पढ्न उनले चुनौती दिए ।

    विधानअनुसार मैले काम गरेको छैन, कुनै गल्तीको गरेको छ भने प्रमाण देखाउनुस्,’ उनले चुनौती दिए । सिंहले आफूविरुद्ध टिकट वितरण पैसा खाएको भनेर भ्रम छर्दै हिँडेकोमा अपत्ति जनाउँदै आफूले पैसा उठाएको प्रमाण देखाउन चुनौती चुनौती दिए ।

    आरोप पुष्टि गर्न चुनौती दिँदै पुष्टि गरे तुरुन्तै सभापति पदबाट राजीनामा दिने कडा जवाफ अमरेशका अराजक कोटरीलाइ उनले दिएका थिए ।

    उनले राम्रो काम गर्दागर्दै अस्वस्थ तरिकाले आफ्नो बदनाम गर्ने, भ्रम फैलाउनको हिसाब किताब हुने चेतावनी पनि उनले दिएका छन् ।

    भाद्र ११, २०७९ शनिवार १६:०२:४१ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend