Logo

आइतवार, मंसिर १८ गते २०७९

सडक संजालले नछोएको मनाङको नार्पाभूमिमा सेनाको स्वास्थ्य शिविर

सडक संजालले नछोएको मनाङको नार्पाभूमिमा सेनाको स्वास्थ्य शिविर

नेपालपाना आश्विन १ २०७९
  • 2.8K
    SHARES
  • सडक संजालले नछोएको मनाङको नार्पाभूमिमा सेनाको स्वास्थ्य शिविर

    लमजुङ । सडक संजालले नछोएकाे मनाङको विकट गाउँ नार्पाभूमि गाउँपालिकामा सेनाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

    मनाङमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मका गुल्मपति दिनेश मल्लको नेतृत्वमा सेनाको ४३ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो । 

    शिविरमा नारगाउँमा ५१ जनाको आयुर्वेद, ९४ जनाको आँखा, १२ जनाको दाँत, १०६ जनाले ल्याब सेवा लिएका छन् । यस्तै, च्याखुमा ४२ जना आयुर्वेद, २० जना आँखा, १४ जना दाँतका बिरामीको उपचार गर्नुका साथै २५ जनाको ल्याब परीक्षण गरिएको छ ।

    फुगाउँमा १५ जना आयुर्वेद, २८ जनाको आँखा, १५ जनाको दाँत र २१ जनाको ल्याब गरी जम्मा २६४ जनाको स्वास्थ्य परीक्षण भएकाे छ ।

    आश्विन १, २०७९ शनिवार १७:५१:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • # नेपाली सेना

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend