Logo

शुक्रवार, मंसिर १६ गते २०७९

ब्रोकर लाइसेन्सको पनि आवेदन खुल्यो

ब्रोकर लाइसेन्सको पनि आवेदन खुल्यो

नेपालपाना आश्विन २ २०७९
  • 3.1K
    SHARES
  • ब्रोकर लाइसेन्सको पनि आवेदन खुल्यो

    काठमाडौं। नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ । नियमावली संशोधन गरेपछि बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको हो । ब्रोकर लाइसेन्स लिन चाहनेहरूले ३० दिनभित्र रितपूर्वक बोर्डमा निवेदन दिनुपर्नेछ ।

    बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संशोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । 

    हाल ५० वटा ब्रोकरहरूले सेवा दिईरहेका छन् । अब आवेदन दिने र योग्यता पुगेका सबैलाई ब्रोकर लाइसेन्स दिने भनेर उल्लेख गरिएको छ ।

    आश्विन २, २०७९ आइतवार ११:३८:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल धितोपत्र बोर्ड

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend