Logo

आइतवार, मंसिर १८ गते २०७९

लोसपा सांसद चन्दा चौधरीको पार्टी प्रवेशसँगै पुष्टि भयो सर्लाही कांग्रेसको लिडरसीप, मधेसमै पार्टी बलियो बनाउँदै सुरेन्द्र सिंह

लोसपा सांसद चन्दा चौधरीको पार्टी प्रवेशसँगै पुष्टि भयो सर्लाही कांग्रेसको लिडरसीप, मधेसमै पार्टी बलियो बनाउँदै सुरेन्द्र सिंह

नेपालपाना आश्विन १३ २०७९
  • 5.4K
    SHARES
  • लोसपा सांसद चन्दा चौधरीको पार्टी प्रवेशसँगै पुष्टि भयो सर्लाही कांग्रेसको लिडरसीप, मधेसमै पार्टी बलियो बनाउँदै सुरेन्द्र सिंह

    काठमाडौं । लोसपा सांसद चन्दा चौधरीको पार्टी प्रवेशसँगै मधेस प्रदेशमा नेपाली कांग्रेसप्रति आकर्षण उच्च रहेको पुष्टि भएको छ । सामान्य कार्यकर्तादेखि विभिन्न दलका नेताहरु प्रवेशको क्रम चलिरहेका बेला मधेसमा प्रभाव राख्ने सांसद चौधरी नै आकर्षित भएपछि यसले कांग्रेसप्रति जनजनको आकर्षणलाई पुष्टि गरेको हो । 

    मधेसमा कांग्रेसको प्रभाव बढाउन सर्लाही जिल्ला सभापति सुरेन्द्र सिंहको भूमिका उल्लेख्य छ । यसमा मधेस प्रदेश उपसभापति वीरेन्द्र सिंहको पनि योगदान छ । चन्दा चौधरीलाई भित्र्याउन सर्लाही सभापति सुरेन्द्र सिंहको भूमिका मुख्यरुपमा रहेको छ । उनले नै पार्टी प्रवेश गराउने चाँजोपाँजो मिलाएका हुन् । उनकै अगुवाइमा बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले टिका लगाएर स्वागत गरेका थिए । 

    सांसदलाई नै पार्टी प्रवेश गराएर सुरेन्द्रले कांग्रेसमा आफ्नो नेतृत्व पुष्टि गरेका छन् । उनी सभापति भएपछि सर्लाहीमा कांग्रेसप्रति आकर्षण पनि ह्वात्तै बढेको छ । अन्तर्घात भए पनि १२ वटा पालिका जितेर आएको परिणामले यसलाई पुष्टि गरिसकेको छ ।

    आश्विन १३, २०७९ बिहिवार २२:३९:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend