Logo

आइतवार, मंसिर १८ गते २०७९

कांग्रेसको उम्मेदवार मापदण्ड : अमरेश सिंहले टिकट नपाउने पक्का

कांग्रेसको उम्मेदवार मापदण्ड : अमरेश सिंहले टिकट नपाउने पक्का

नेपालपाना आश्विन १८ २०७९
  • 5.4K
    SHARES
  • कांग्रेसको उम्मेदवार मापदण्ड : अमरेश सिंहले टिकट नपाउने पक्का

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश सिंहले टिकट नपाउने पक्का भएको छ । 

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले सोमबार तय गरेको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको आधार र मापदण्डअनुसार अमरेशले टिकट नपाउने पक्का भएको हो । 

    कार्यसम्पादन समिति बैठकले सोमबार पारित गरेको मापदण्डमा पार्टीको विभिन्न तहबाट विधानबमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावनालाई आधार बनाइएको छ ।

    यी मापदण्डमा अमरेश पर्नेछैनन् । किनभने उनको नाम नै तल्लो कमिटीबाट सिफारिस भएको छैन । सर्लाही क्षेत्र नम्बर ४ बाट कांग्रेस महामन्त्री गगनकुमार थापाको नाम एकलरुपमा सिफारिस भएको छ । कुनै कमिटीबाट अमरेशको नाम सिफारिस नभएकाले उनले यो मापदण्ड पूरा गर्न सक्दैनन् । 

    त्यसैगरी अमरेशले स्थानीय तह निर्वाचनमा देखिने गरी अन्तर्घात गरेका छन् । पार्टीको उम्मेदवार हराउन बागी उठाउने, विपक्षीसँग साँठगाँठ गरेकाले अमरेशको व्यक्तिगत योग्यता, नैतिकता र कार्य क्षमता पुग्दैन । साथै पार्टीको विभिन्न तह र क्षेत्रमा उनको योगदान नभएको यसबाट पुष्टि हुन्छ । 

    यसैकारण उनलाई क्षेत्र र जिल्लाले अनुशासनको कारवाही गरेर ६ महिनाका लागि निलम्बन गरेको छ । कारवाहीमा परेकाले उनले टिकट पाउने अवस्था छैन । 

    कांग्रेसले लोकप्रियता एवं आगामी दिनको सम्भावनालाई मापदण्डमा राखेको छ । तर अमरेशसँग कार्यकर्ता पक्ति नै रुष्ट छन् । जिल्लामा शक्तिको दुरुपयोग गरेर त्रासदी फैलाउने, जनताभन्दा आफ्नो व्यक्तिगत स्वार्थका लागि काम गरेकाले पार्टी पंक्ति नै उनसँग रुष्ट छ । जनताहरु पनि अमरेशबाट आजित छन् । यसकारण पार्टीले तय कुनै पनि मापदण्डअनुसार अमरेशले टिकट पाउने छैनन् ।

    आश्विन १८, २०७९ मंगलवार ११:३६:१५ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend