Logo

आइतवार, मंसिर १८ गते २०७९

दिपावलीमा राष्ट्रिय एकताको सन्देश दिँदै प्रधानमन्त्री परिवारले बालुवाटारमा मनाए लक्ष्मीपूजा, देशभर उत्साह

दिपावलीमा राष्ट्रिय एकताको सन्देश दिँदै प्रधानमन्त्री परिवारले बालुवाटारमा मनाए लक्ष्मीपूजा, देशभर उत्साह

नेपाल पाना कार्तिक ७ २०७९
  • 2.3K
    SHARES
  • दिपावलीमा राष्ट्रिय एकताको सन्देश दिँदै प्रधानमन्त्री परिवारले बालुवाटारमा मनाए लक्ष्मीपूजा, देशभर उत्साह

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारले आम नेपालीलाई राष्ट्रिय एकताको सन्देश दिँदै लक्ष्मीपूजा मनाएका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रथम महिला आरजु राणा देउवा, छोरा जयवीरसँगै प्रधानमन्त्री देउवाले बालुवाटारमा लक्ष्मीपूजा मनाएका हुन् ।

    आम नेपाली समुदाय दिपको प्रज्वलन गरेर लक्ष्मी पूजा मनाइरहेका बेला त्यसमा साथ दिँदै प्रधानमन्त्री परिवारले धनधान्य देवी माता लक्ष्मीको पूजा अर्चना गरेका हुन् । प्रथम महिला आरजुले लक्ष्मी पूजाको तस्बिर सार्वजनिक गरेसँगै देशभर उत्साह छाएको छ । आम नेपालीले खुसी मनाउँदै शुभकामना दिएका छन् ।

    पछिल्लो समय प्रधानमन्त्री देउवा एवं कांग्रेस नेतृ आरजु सनातन धर्मसँग जोडिएका पर्वलाई धुमधामका साथ मनाउने गरेका छन् । जसले नेपालमा बढ्दो धर्म परिवर्तनलाई धक्का पुगेको छ ।

    एक समय कम्युनिस्टहरु प्रधानमन्त्री हुँदा जबर्जस्ती धर्म परिवर्तन गराउनेहरुले सल्बलाएका थिए । तर देउवा प्रधानमन्त्री भएसँगै सनातम धर्मको रक्षा र अन्य धर्मलाई सम्मानको भावनामा अगाडि बढेका छन् । जसले धार्मिक सदभाव बढाएको छ भने राष्ट्रिय एकता कायम गरेको छ ।

    कार्तिक ७, २०७९ सोमवार २१:५०:५९ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend