Logo

आइतवार, मंसिर १८ गते २०७९

विमलेन्द्र निधिको गाउँमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आरजुले गरिन् छठ पूजा

विमलेन्द्र निधिको गाउँमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आरजुले गरिन् छठ पूजा

नेपालपाना कार्तिक १४ २०७९
  • 2.1K
    SHARES
  • विमलेन्द्र निधिको गाउँमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आरजुले गरिन् छठ पूजा

    जनकपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेकी छन् । 

    सोमबार विहान धनुषाको नगराइन नगरपालिकास्थित नदी किनारमा पुगेर आरजुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजापाठ गरेकी हुन् । 

    नगराइन नगरपालिका कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिको गाउँ हो । आरजुले आइतबार जनकपुरको गंगासागरमा अस्ताउँदो सूर्यको पूजा गरेर छठ मनाएकी थिइन् । छठ मनाउन आइतबारै जनकपुर आएकी आरजुले छठले सुख र समृद्धि दिनमा मद्दत गर्ने बताएकी थिइन् ।

    कार्तिक १४, २०७९ सोमवार १०:५५:२१ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend