Logo

आइतवार, मंसिर १८ गते २०७९

थाहा पाउनुहोस आजको राशिफल

थाहा पाउनुहोस आजको राशिफल

नेपालपाना कार्तिक १९ २०७९
  • 2.0K
    SHARES
  • थाहा पाउनुहोस आजको राशिफल

    आजको पात्रो: १९ कार्तिक २०७९, शनिबार । तद्नुसार नोभेम्बर महिनाके ५ तारिक २०२२ । कार्तिकशुक्लपक्ष द्धादशी तिथि, बालब करण, उत्तरभाद्रपदा नक्षत्र, हर्षण योग,चन्द्रमा मीन राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः१७ मा हुनेछ भने सूर्यास्त ५ः१८ मा हुनेछ । आज प्रदोष व्रत पनि परेको छ । शनिवार प्रदोष पनि भएकाले आजको दिन गजकेशरी योग परेको छ । आजको दिन शनिदेवको साधना, र कसैमाथि पनि अपमान हुने काम नगर्नुहोस् । देवता भग, र ग्रहदेव सूर्य रहेको छ । आजको दिन सूर्यको उपासना पनि गर्न सक्नुहुनेछ । सामाजिक सेवा र देवालय, शिवालयमा गएर भोका ब्यक्तिहरुलाई खाना दिनु राम्रो हुनेछ । आज विहान ०९ः०३ देखि १०ः२६ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्नुहोला । ११ः३६ देखि १२ः१० सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा गरेका काम सफलता मिल्नेछ ।

    आजको राशिफल:

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    नयाँ रोजगारीको क्षेत्रमा सफलता मिल्न सक्नेछ । व्यापार ब्यवसायबाट लाभ प्राप्त हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । स्त्री जातिबाट प्राप्त हुने सहयोगले तपाईको योजना सफल हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश हुनु पर्नेछ । तपाईको सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आजको दैनिक कार्यमा सफलता मिल्नेछ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्नुहोला ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला ।    

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । मनमा खुसियाली छाउनेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    आजदेखि हप्ताभित्र मनमा चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । घरका महिला सदस्यलाई उपहार दिनु राम्रो हुनेछ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला ।  

     तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नुहोला ।  

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता थपिन सक्छ । यात्राको अवसर र संभावना पनि छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । अनावश्यक खर्च हुने संभावना बढी छ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    आजको दिन आकस्मिक धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । अनावश्यक यात्राले समय, धन खर्च र मनमा चिन्ता मात्र बढ्ने छ । 

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    तपाईले गरेको कामबाट सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन सरस्वतीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला ।    

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ग्रहहरु बलवान भएका छन् । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। चन्द्रमा बलबान भएका बेला तपाईले सोचअनुसारको काम गर्दा सफलता प्राप्त हुन्छ । 

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    अध्यात्मिक कार्यमा लाग्नु होला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि भलो हुनेछ । साँझको समयमा देवालयमा पुगेर आरती सन्ध्यामा सहभागी हुँदा मनमा उमंग प्राप्त हुनेछ । देवालयको दर्शन नैंं तपाईको उर्जाको स्रोत हुनसक्छ । यात्राको अवसरमा भरपुर सदुपयोग गदै सूर्योदयपछि यात्रा गर्दा शुभ हुनेछ ।

    कार्तिक १९, २०७९ शनिवार ०८:०२:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आजको राशीफल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend