Logo

आइतवार, मंसिर १८ गते २०७९

बेलायतमा मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी

बेलायतमा मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी

नेपालपाना कार्तिक २० २०७९
  • 1.6K
    SHARES
  • बेलायतमा मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी

    लन्डन। बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ ।

    लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।

    कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्ने भइरहेको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन् ।

    मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताइन् । उनका अनुसार यही आइतबारदेखि प्रतियोगीहरुको प्रशिक्षणसहित अन्य प्रक्रिया अगाडि बढ्नेछ ।

    प्रतियोगितामा जुनै देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाएको छ ।

    विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता अझ व्यापक र विस्तारित रुपमा गर्न लागिएको जनाउँदै मनिषाले महिला सशक्तिकरणमा जोड दिने बताइन् ।

    कार्तिक २०, २०७९ आइतवार ०८:५३:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मिसेस नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend