Logo

आइतवार, मंसिर १८ गते २०७९

अब विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने

अब विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने

नेपालपाना कार्तिक ३० २०७९
  • 1.1K
    SHARES
  • अब विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने

    काठमाडौं । कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ । विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको छ । 

    उक्त रिटमाथि सुनुवाइ गर्दै २२ कात्तिकमा सर्वाेच्च अदालत न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त पाँच सय रुपैयाँ शुल्क उठाउने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    तर, बुधबार यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ ।

    मिडिया हबको ४ मंसिरबाट कतारमा हुने विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त पाँच सय शुल्क लिने निर्णयविरुद्ध अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

    कार्तिक ३०, २०७९ बुधवार १७:०८:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend