Logo

आइतवार, मंसिर १८ गते २०७९

कांग्रेसका तीन युवा, जसले एमालेलाई धुलो चटाए, देशभर खुसियाली

कांग्रेसका तीन युवा, जसले एमालेलाई धुलो चटाए, देशभर खुसियाली

नेपाल पाना मंसिर ७ २०७९
  • 1.5K
    SHARES
  • कांग्रेसका तीन युवा, जसले एमालेलाई धुलो चटाए, देशभर खुसियाली

    काठमाडौं । नेपाली कांग्रेसका तीन युवा नेताले सानदार जित हासिल गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट महामन्त्री गगनकुमार थापा, काठमाडौं ५ बाट युवा नेता प्रदीप पौडेल र झापा एकबाट महामन्त्री विश्वप्रकाश शर्माले चुनावमा सानदार जित हासिल गरेका छन् ।

    गगनले एमालेका राजन भट्टराई, प्रदीले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र विश्वले एमालेका अग्नि खरेललाई पराजित गर्दै हारको धुलो चटाएका छन् । कांग्रेसका युवा नेताहरुले जितेर सिंगो संगठन र देशमै नयाँ सन्देश गएको र यसले उर्जा र विश्वास बढाएको युवाहरु बताउँछन् ।

    राजनीतिमा बढ्दै गएको वितृष्णामा कांग्रेसका युवा नेताहरुको जितले आशा बढाएको राजनीतिक विश्लेषकहरुको बुझाई छ ।

    मंसिर ७, २०७९ बुधवार ०७:२८:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend