Logo

आइतवार, मंसिर १८ गते २०७९

एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी

एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी

नेपालपाना मंसिर ७ २०७९
  • 1.2K
    SHARES
  • एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी

    काठमाडौं। एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन् ।

    भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाएका छन् । मतगणना सकिए पनि वियजी हुने उम्मेदवारको औपचारिक घोषणा भने गरिएको छैन ।

    बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । त्यसअघि दुईवटा निर्वाचनमा उनी काठमाडौं ६ बाट पराजित भएका थिए ।

    मंसिर ७, २०७९ बुधवार १५:३४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend