Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

पर्यटक बसलाई लक्षित गरी विस्फोट,  ४ जनाको मृत्यु, १२ जना घाइते

पर्यटक बसलाई लक्षित गरी विस्फोट,  ४ जनाको मृत्यु, १२ जना घाइते

नेपालपाना पौष १४ २०७५
  • 22.9K
    SHARES
  • पर्यटक बसलाई लक्षित गरी विस्फोट,  ४ जनाको मृत्यु, १२ जना घाइते

    काठमाडौं । इजिप्टमा पर्यटक बसलाई लक्षित गरी गराइएको विस्फोटमा ३ जना पर्यटकसहित ४ जनाको मृत्यु भएको छ । जिगा पिरामिड नजिकै पर्यटक बसलाई लक्षित गरी भएको विस्फोटमा ३ जना भियतनामी पर्यटक र एक स्थानीय गाइडको मृत्यु भएको छ ।

    घटनामा १२ जना घाइते भएका छन् । भियतनामबाट १४ जना पर्यटकलाई लिएर गइरहेको बस जिगा पिरामिड नजिकैको बाटोको छेउमा विस्फोट भएको हो । दुर्घटनामा घाइते १२ मध्ये २ जनाको अवस्था गम्भीर रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

    विस्फोटको जिम्मेवारीले कसैले पनि लिएको छैन । यसअघि इस्लामिक स्टेटले पर्यटकलाई लक्षित गर्दै आक्रमण गर्ने गरेको थियो ।

    पौष १४, २०७५ शनिवार १६:१४:५३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend