काठमाडौं । एउटा सहकारी संस्थाले नियमविपरीत एम्बुलेन्स ठेक्कामा लगाएको खुलासा भएको छ ।
राजपा नेपालका महासचिव झा संरक्षक रहेको धनुषाको विदेह नगरपालिका दुहबीको मिथिला स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित ज१च ११६६ नम्बरको एम्बुलेन्स ठेक्कामा लगाइएको हो ।
उक्त एम्बुलेन्स अहिले जनकपुरधाममा सञ्चालनमा छ । एम्बुलेन्स चालक मणिशंकर साहले एकपटक दुर्घटनामा परेपछि संस्थाले सो एम्बुलेन्स आफूलाई ठेक्कामा दिएको बताए ।
साहले संस्थाका सञ्चालकका रूपमा चिनेका राजपा महासचिव झाले आफूलाई एम्बुलेन्सको ठेक्का दिएको प्रष्ट पारेका हुन् । गाउँको बाटो राम्रो नभएकाले जनकपुरधाममा एम्बुलेन्स चलाउँदै आएको चालक साहको भनार्इ छ ।