काठमाडौं । आज धितोपत्र बजारमा शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.४८ विन्दुले बढेर १ हजार १८०.८४ विन्दुमा पुगेको हो ।
‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ विन्दुले बढेर २५०.६५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १३ लाख ८७ हजार ५९२ कित्ता शेयर ३६ करोड ६३ लाख २४ हजार १६४ मूल्यमा खरीद बिक्री भएको छ । आज भएको कारोवारमा कूल ११ कम्पनीमध्ये ४ उपसमूहको शेयर घटेको छ ।
यस्तै ७ वटा उपसमूहको शेयर भने बढेको छ । होटल १.७८, विकास बैंक ६.६ जलविद्युत २.३५ र उत्पादन ५.८२ विन्दुले घटेको छ । त्यस्तै बैंकिङ १.५८, व्यापार २.५३, वित्त २.५२, निर्जीवन बीमा २२.१७, र अन्य १.१९, लघुवित्त ५.७ र जीवन बीमा ५.९६ विन्दुले बढेको छ ।
स्टकका अनुसार सानिमा इक्विटी फण्ड, सर्पोट माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, तारागाउँ रिजेन्सी होटल, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।
यस्तै सिनर्जी पावर डेभलमेन्ट, पूर्णिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरका शेयरधनीले आज गुमाएका छन् ।