काठमाडौं । हिजो शुक्रबारको तुलनामा आज अधिकांश विदेशी मुद्राको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि १ अमेरिकी डलरको खरिददर ११२ रूपैयाँ ४८ पैसा र बिक्रीदर ११३ रूपैयाँ ८ पैसा तोकेको छ । शुक्रबारका लागि १ अमेरिकी डलरको खरिददर ११२ रूपैयाँ ३७ पैसा र बिक्रीदर ११२ रूपैयाँ ९७ पैसा तोकिएको थियो ।
युरो १ को खरिददर १२९ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३० रूपैयाँ ३१ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४३ रूपैयाँ ८५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६२ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८१ रूपैयाँ २८ पैसा र बिक्रीदर ८१ रूपैयाँ ७१ पैसा तोकिएको छ ।
यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ३९ पैसा र बिक्रीदर १० रूपैयाँ ४४ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ६८ पैसा र बिक्रीदर १६ रूपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर २९ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३० रूपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कतारी रियाल १ को खरिददर ३० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६ पैसा, युएइ दिहराम १ को खरिददर ३० रूपैयाँ ६२ पैसा र बिक्रीदर ३० रूपैयाँ ७९ पैसा, मलेसियन रिंगेट १ को खरिददर २७ रूपैयाँ ४६ पैसा र बिक्रीदर २७ रूपैयाँ ६१ पैसा कायम भएको छ ।
यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ८ पैसा र बिक्रीदर १० रूपैयाँ १३ पैसा, कुवेती दिनार १ को खरिददर ३७१ रूपैयाँ ४८ पैसा तथा बिक्रीदर ३७३ रूपैयाँ ४६ पैसा र बहराइन दिनार १ को खरिददर २९८ रूपैयाँ ३७ पैसा तथा बिक्रीदर २९९ रूपैयाँ ९६ पैसा तोकिएको छ।
वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।