Logo

बुधवार, आश्विन १९ गते २०७९

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपालपाना माघ ८ २०७५
  • 23.2K
    SHARES
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७५ पैसा बिक्रीदर ११४ रुपैयाँ ३५ पैसा तोकेको छ ।

    यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३० रुपैयाँ १ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८१ रुपैयाँ ८२ पैसा तथा जापानी यन १० को खरिददर  १० रुपैयाँ ३८ पैसा र बिक्रिदर १० रुपैयाँ ४३ पैसा तोकिएको बैंकले जनाएको छ ।

    यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर २७ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

    कुवेती एक दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ ८५ पैसा कायम भएको छ । 

    बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

    माघ ८, २०७५ मंगलवार १०:३५:१७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend