Logo

मंगलवार, मंसिर १३ गते २०७९

११४ रूपैयाँबाट घटेन डलर, यस्तो छ विनिमयदर

११४ रूपैयाँबाट घटेन डलर, यस्तो छ विनिमयदर

नेपालपाना माघ ९ २०७५
  • 34.7K
    SHARES
  • ११४ रूपैयाँबाट घटेन डलर, यस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ  र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ ।

    यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३० रुपैयाँ १७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ २१ पैसा र बिक्रीदर ८१ रुपैयाँ ६४ पैसा तथा जापानी यन १० को खरिददर  १० रुपैयाँ ४२ पैसा र बिक्रिदर १० रुपैयाँ ४७ पैसा तोकिएको बैंकले जनाएको छ ।

    यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

    कुवेती एक दिनारको खरिददर ३ सय ७५ रुपैयाँ ६९ पैसा र बिक्रिदर ३ सय ७७ रुपैयाँ ६७ पैसा कायम भएको छ । 

    बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

    माघ ९, २०७५ बुधवार ११:१६:३३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend