Logo

बुधवार, आश्विन १९ गते २०७९

डलरको भाउ ११४ रूपैयाँमै अड्कियो, यस्तो छ विनिमयदर

डलरको भाउ ११४ रूपैयाँमै अड्कियो, यस्तो छ विनिमयदर

नेपालपाना माघ ११ २०७५
  • 23.9K
    SHARES
  • डलरको भाउ ११४ रूपैयाँमै अड्कियो, यस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ  ४२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २ पैसा तोकेको छ ।

    यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२९ रुपैयाँ २७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८० रुपैयाँ ४८ पैसा र बिक्रीदर ८० रुपैयाँ ९१ पैसा तथा जापानी यन १० को खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रिदर १० रुपैयाँ ३९ पैसा तोकिएको बैंकले जनाएको छ ।

    यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

    कुवेती एक दिनारको खरिददर ३ सय ७३ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३ सय ७५ रुपैयाँ ७८ पैसा कायम भएको छ । 

    बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

    माघ ११, २०७५ शुक्रवार १०:५९:०० बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend