Logo

बुधवार, आश्विन १९ गते २०७९

ईन्टरनेट पुगेका सबै जिल्लामा शेयर कारोबारका लागि ब्रोकर कम्पनी खोलिँदै, २०० कम्पनीका लागि आवेदन

ईन्टरनेट पुगेका सबै जिल्लामा शेयर कारोबारका लागि ब्रोकर कम्पनी खोलिँदै, २०० कम्पनीका लागि आवेदन

नेपालपाना माघ १२ २०७५
  • 29.8K
    SHARES
  • ईन्टरनेट पुगेका सबै जिल्लामा शेयर कारोबारका लागि ब्रोकर कम्पनी खोलिँदै, २०० कम्पनीका लागि आवेदन

    काठमाडौँ । ईन्टरनेट पुगेका सबै जिल्लाहरूमा शेयर कारोबार गर्ने ब्रोकर शाखा खोल्न शेयर दलाल कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 

    झन्डै २ सय स्थानमा ब्रोकर कम्पनीका शाखा खोल्न आवेदन आएको बोर्डले जानकारी दिएको छ। ब्रोकर कम्पनीहरूले काठमाडाैं बाहिर ब्रोकरका शाखा खोल्न इच्छा देखाएका हुन् । 

    २५ वटा कम्पनीहरूले इन्टरनेट पुगेका जिल्लाहरूमा शाखा विस्तारका लागि आवेदन दिएको नेपाल स्टक ब्रोकर एशोसियसनले जानकारी दिएको छ । शुक्रबारका दिन एकैपटक यी कम्पनीहरूले २०० वटा शाखा खोल्न आवेदन दिएका हुन् । 

    नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले पूर्ण स्वचालित अनलाइन प्रणालीको शुरूवात गरेको छ । यससँगै ब्रोकर कम्पनीहरूले शाखा विस्तार गर्न पाउनुपर्ने माग राखिरहेका जिए ।

    जिल्ला र स्थानीयस्तरमा ब्रोकर कम्पनीले इन्टरनेटयुक्त शाखा खोलेपछि नेपालको पूँजीबजार ग्रामिण क्षेत्रसम्म विस्तार हुने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाले ब्रोकरका इन्टरनेटयुक्त शाखामा गइ शेयर खरिदबिक्री गर्न सक्नेछन् । 

    माघ १२, २०७५ शनिवार ११:१२:२३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend