Logo

शुक्रवार, मंसिर १६ गते २०७९

युरोको सटहीदर १३१ रूपैयाँ, यस्तो छ विनिमयदर

युरोको सटहीदर १३१ रूपैयाँ, यस्तो छ विनिमयदर

नेपालपाना माघ १९ २०७५
  • 28.0K
    SHARES
  • युरोको सटहीदर १३१ रूपैयाँ, यस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ ।

    यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ४४ पैसा र बिक्रीदर १३१ रुपैयाँ १३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८३ रुपैयाँ तथा जापानी यन १० को खरिददर १० रुपैयाँ ४४ पैसा र बिक्रिदर १० रुपैयाँ ५० पैसा तोकिएको बैंकले जनाएको छ ।

    यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

    कुवेती एक दिनारको खरिददर ३ सय ७५ रुपैयाँ १६ पैसा र बिक्रिदर ३ सय ७७ रुपैयाँ १४ पैसा कायम भएको छ । 

    बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

    माघ १९, २०७५ शनिवार ०९:३८:१० बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend